तनहुँमा हालसम्म चार हजार चार सय सन्ताउन्न जनाले कोरोना भाइरस विरुद्धको बुस्टर डोज (तेस्रो डोज) खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय निकायमा गरि ३५९५ जनाले कोभिसिल्ड, ८५८ जनाले भेरोसेल र ४ जनाले जानसेन खोप बुस्टर डोजको रुपमा लगाएको कार्यालयका सूचना अधिकारी शंकरबाबु अधिकारीले जनाएका छन् ।

यसैबीच, तनहुँमा शनिबारसम्म कूल संक्रमित १६४ पुगेको छ । कोरोना संक्रमितहरु मध्ये व्यास नगरपालिकामा ३४ जना, शुक्लागण्डकी नगरपालिकामा ६४ जना, भिमाद नगरपालिकामा १८ जना, बन्दिपुरमा ६, म्याग्देमा ७ जना, आँबुखैरेनीमा १ जना, ऋषिङमा १ जना, घिरिङमा २८ जना, भानुमा ५ जना कोरोना संक्रमित रहेको अधिकारीले जानकारी दिए । यसैबीच, देवघाट गाउँपालिकामा सक्रिय संक्रमितको संख्या सून्य रहेको छ । शनिवारमात्रै ४० जना संक्रमित निको भएको जनाइएको छ ।