तनहुँमा हालसम्म २ हजार ९ सय ७२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार अग्रभागमा रहेर काम गर्ने लक्षित वर्ग स्वास्थ्कर्मी, जनप्रतिनिधि, स्थानिय निकायका कर्मचारी, अदालत, विद्युत प्राधिकरण, जनपद प्रहरी, सशस्त्र प्रहरी, पत्रकारहरुलाई कोरोना (कोभिड १९) विरुद्धको खोप कोभिसिल्ड लगाउने कार्यक्रम देशैभर संचालन भईरहेको छ ।

यसैबीच, तनहुँ जिल्लामा पनि विभिन्न खोप केन्द्रहरुबाट कोभिड १९ विरुद्धको खोप कोभिसिल्ड लगाउने कार्य भईरहेको छ । फागुन २ गतेबाट संचालन गरिएको खोप अभियान अन्र्तगत शनिवार ९७ जनाले खोप लगाएको र हालसम्म जिल्ला भरिमा २९ सय ७२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिएका छन् ।खोप लगाउने मानिसहरु आईरहनुभएको छ र सरकारको निर्देशन अनुसार १० गतेसम्म खोप केन्द्रहरु संचालन रहने छन् ।

साथै खोप लगाउने मानिसलाई अप्ठ्यारो पर्ने कुनै लक्षण नदेएिकोले पनि स्वास्थ्यकर्मीहरु ढुक्क छौ स्वास्थ्य कार्यालय तनहुँका खोप सम्बन्धि अधिकारी बिरेन्द्र कुमार चौधरीले बताए । उनका अनुसार तनहुँ जिल्लामा ३२ सय खोपको डोज आएको छ । जसअनुसार करिव ९० प्रतिशत लक्ष्य पूरा भएको पनि चौधरीले जानकारी दिए ।

फागुन २ गतेबाट संचालन गरिएको खोप अभियान अन्र्तगत सरकारले तोको समुहलाई जिल्लाका विभिन्न तीन स्थानबाट खोप सेवा प्रदान गरिएको छ ।

खोप लगाउने व्यक्तिहरुलाई साधारण ज्वरो आउने भएपनि आत्तिनु पर्ने गरि कुनै साईड ईफेक्ट देखिएको छैन । स्वास्थ्यमा असहजता भएमा सिघ्र सम्पर्क गर्न कार्यालयले आग्रह गरेका छन् ।