
पृथ्वीराजमार्गमा अन्तर्गत व्यास नगरपालिका–१२ देउरालीमा लु ७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ निवासी ६२ वर्षीय नन्दगोपाल कार्कीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका कार्कीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिए ।
दुर्घटनाको अनुसन्धानको लागि मोटरसाइकल चालकलाई नियन्त्रणमा लिईएको उनले जानकारी दिए । गण्डकी अस्पताल पोखरामा पोष्टमार्टम गरि आफन्तले सव बुझेको प्रहरीले जनाएको छ ।




