
तनहुँ जिल्लाको व्यास नगरपालिकामा पहिलो पटक बैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज गठन गरिएको छ । आइतबार दमौलीमा भएको भेलाले पण्डित तिलक विश्वकर्माको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति गठन गरेको हो ।
समाजको उपाध्यक्षमा पूर्ण बहादुर घिमिरे, सचिवमा बिश्व बुढा परियार, कोषाध्यक्षमा गणेशबहादुर दुलाल, सहसचिवमा मान बहादुर परियार चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा माधव बहादुर बिश्वकर्मा, सम्शेर बहादुर सुनार,काजी परियार,चन्द्रबहादुर बिश्वकर्मा,सुकदेव विश्वकर्मा, अर्जुन सुनार, सूर्य बहादुर परियार, एस.बि. नेपाली र पूर्ण बिके चयन भएका छन् । एक जना सदस्य पछि मनोनित गरी थप गरिने सो समाजले जनाएको छ ।
कार्यक्रममा व्यास नगरपालिका कार्यपालिका सदस्यहरु रनसिं नेपाली,चन्द्रमाया परियार, ज्ञानुमाया सुनार,अधिवक्ता अमृत बहादुर नेपाली, जिसस पूर्व सदस्य केशबहादुर सुनार, दलित उत्थान बर्ग समन्वय समितिका पूर्व उपाध्यक्ष कृष्ण रुचाल, महिला विकास कार्यालयकी पूर्व कर्मचारी रेणु नेपाली, दलित पण्डित कुल प्रसाद पोख्रेल, अशोक कुमार विश्वकर्मा लगायतका वक्ताहरुले गठित समाजका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए।
यसैबिच परिवर्तनका लागि मिडियाको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा दलित समुदायका लागि आयोजित तीन दिने कर्मकाण्ड तालिम आइतबार समापन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी व्यास कार्यपालिका सदस्यहरु रनसिं नेपाली, ज्ञानुमाया सुनार र दलित उत्थान बर्ग समन्वय समितिका पूर्व उपाध्यक्ष कृष्ण रुचाल लगायतकाले सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । उक्त तालिममा व्यासका चौध वटै वडाबाट एक जनाका दरले चौध जनाको सहभागिता रहेको आयोजक संस्थाका संचालक पूर्ण बिकेले जानकारी दिए ।
व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास कार्यपालिका सदस्यद्वय रनसिं नेपाली, ज्ञानुमाया सुनार, अधिवक्ता अमृत बहादुर नेपाली,पूर्व जिसस सदस्य केशबहादुर सुनार,दलित उत्थान बर्ग समन्वय समितिका पूर्व उपाध्यक्ष कृष्ण रुचाल, महिला विकास कार्यालयकी पूर्व कर्मचारी रेणु नेपाली,दलित पण्डित झुल प्रसाद पोख्रेल, अशोक कुमार विश्वकर्मा लगायतका वक्ताहरुले मन, बचन र कर्मलाई परिवर्तन गर्दै तालिममा सिकेका सीपलाई उपयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा व्यास नगरपालिका सदस्यहरुले समुदायको लागि कर्मकाण्ड तालिम अतिआवश्यक रहेको औल्याउदै आगामी बर्ष १५ दिने तालिम आयोजना गर्न पहलकदमी गर्ने आश्वसन व्यक्त गरेका थिए । तालिम लिन पाउँदा सहभागीहरु उत्साहित भएका थिए ।




