
नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीलाई पार्टीले ५ वर्षका लागि निष्कासन गरपछि त्यसको विरोधमा गृहजिल्ला तनहुँमा चर्को विरोध भएको छ ।
जोशी पक्षका कार्यकर्ताले पार्टीको निर्णय फिर्ता लिन दवाव दिर्दै आएका छन् भने वेवास्ता गरिए आफुँहरुले संयुक्त राजीनामा दिने चेतावनी दिएका छन् ।
केन्द्रीय अनुशासन समितिको कारबाहीमा परेपछि जोशी पक्षका कार्यकर्ताले दमौलीमा पत्रकार सम्मेलन गरेका छन् ।
बिपी विचार समाज तनहुँले गरेको पत्रकार सम्मेलनमा कार्यकर्ताले कारबाही फिर्ता नलिए संयुक्त रुपमा राजीनामा दिने चेतावनी उनीहरुले दिएका छन्।

पत्रकार सम्मेलनमा भिडियो कन्फ्रेन्समार्फत बोल्दै जोशीले पार्टीले पार्टीको निर्णय कसैलाई स्वीकार्य नभएको र यस्ता कार्यले काँग्रेस पार्टी सिध्धिने चेतावनी दिएका थिए ।
यसैबीच, जोशीका कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता नलिए आफुँहरुले सदस्यता नवीकरण नगर्ने, नवीकरण गर्ने कार्यलाई अवरोध पुर्याउने र संयुक्त रुपमा पार्टीबाट राजीनामा दिने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा समाजका अध्यक्ष डिल्लीराम अधिकारीले कारबाही फिर्ता नलिए पार्टी संगठन ध्वस्त हुने र त्यसको जिम्मेवारी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लिनुपर्ने बताए।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि चिनु पोख्रेल लगायतकाले बोलेका थिए ।
जोशीले २०७४ को संघीय चुनावमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध वागी उम्मेदवारी दिएपछि नेता पौडेल पराजित भएका थिए।
स्थानीय तहमा जोशी पक्षबाट निर्वाचित जनप्रतिनिधिहरु भने उक्त कार्यक्रममा उपस्थिति थिएन।




