
तनहुँको ऋषिङ गाउँपालिका–१ देउली खोलामा आज भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सदरमुकाम दमौलीबाट छुटेको ग १ ज ७१२८ नम्वरको जीप सडकबाट खोलामा खसेको तनहुँ प्रहरीले जनाएको छ।
दुर्घटनामा जीप चालक म्याग्दे गाउँपालिका–७ निवासी ३२ वर्षीय होमबहादुर श्रेष्ठ र जीपका यात्रु व्यास नगरपालिका–५ का ५५ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
घाइतेहरुको पोखरा स्थित मणिपाल शिक्षण अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




