तनहुँमा कोरोना संक्रमणबाट मंगलबारसम्म १२५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार अहिले जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । मंगलबारमात्रै जिल्लामा १ जना ५१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको र ५६ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ । महिलाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको बताइएको छ ।

कार्यालयका अनुसार जिल्लामा हालसम्म ६ हजार ३ सय ३२ जना कोरोना संक्रमित पुष्टि भएकोमा ५ हजार ६ सय ८० जना निको भएका छन् ।

गण्डकी प्रदेशका ११ वटा जिल्लामा मंगलबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ६ पुगेको स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ ।