
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबार एक विज्ञप्ति जारी गरि जिल्लाभरि आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजार, र मानिसहरुको भिडभाड हुने कार्यहरु गर्न निषेधाज्ञा जारी गरेको छ ।
तर, कार्यालयले फागुन १ गतेदेखि विश्वविधालय, कलेज, विधालय र अन्य शैक्षिक संस्थाहरुलाई स्वास्थ्य मापदण्ड पुरा गरि सञ्चालन गर्न अनुमति दिएको छ ।
शैक्षिक संस्था सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विधार्थीको हकमा नियमित र १२ वर्ष पुरा नभएका विधार्थीका हकमा विधार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसंगको समन्वयमा विधालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनु पर्ने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साथै विज्ञप्तिमा परीक्षाहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने र जेड आकारमा बसाईको व्यवस्थापन गरिनुपर्ने पनि उल्लेख गरिएको छ ।
कोभिड व्यवस्थापन समिति तनहुँको निर्णय बमोजिम प्रशासन कार्यालयले सो सूचना जारी गरेको हो ।




