तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ। आइतबार राति सिकार खेल्न गएकाबेला गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले पुष्टि गरे।

शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएकोबेला घटना भएको प्रहरीको भनाइ छ। गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए। ‘दुई जना सिकार खेल्न गएका रहेछन्। त्यसैबेला गोली लागेर घट्नास्थलमै मृत्यु भएको रहेछ,’ उनले भने।

प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए।