आफूलाई भेट्न आएका शिक्षासचिव सहित तीन जनाको टोलीलाई डा. गोविन्द केसीले निराश बनाएर फर्काएका छन्। मंगलबार केसीलाई भेट्न पुगेको टोलीका सदस्यले उनलाई सत्याग्रह रोक्न आग्रह गरेका थिए।

टोलीको कुरा सुनेर झोँक्किएका केसीले यसअघि पनि सरकारका प्रवक्ताले यही कुरा भनेकाले त्यसका लागि मात्र दुख नगर्न अनुरोध गरे। डा. केसीले सरकारले औपचारिकरुपमा वार्ता टोली बनाएर आउनुपर्ने माग गरे।

सरकारले बनाएको वार्ता टोलीसँग मात्र आफूले वार्ता गर्ने उनले अडान दोहोर्‍याए। सरकारी अधिकारीले भने सरकारले हालसम्म औपचारिक वार्ता टोली गठन नगरेको जानकारी सुनाएका थिए।