
जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्।
६५ वर्षीया आबेलाई अल्सरेटिभ कोलाइटिसको समस्या रहेको र उनको मनस्थिति समेत बिग्रिएकाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ।
यता, जापानको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार उनले आफ्नो सरकारको लागि समस्या निम्त्याउन नचाहेको भन्दै राजीनामा दिएको बताएको छ।
सिन्जो आबेको कार्यकाल सन् २०२१ सेप्टेम्बरसम्म थियो। उनले सोमबार नै सबैभन्दा लामो समयसम्म जापानको प्रधानमन्त्री रहने रेकर्ड बनाइसकेका थिए।
सन् २००७ मा पनि उनले अल्सरेटिभ कोलाइटिसकै कारण अचान आफ्नो पदबाट राजीनामा दिएका थिए।
अल्सरेटिभ कोलाइटिस एउटा गम्भीर रोग हो जसबाट उनी किशोरावस्थादेखि नै जुधिरहेका थिए।
तर यसैबीच, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्य अवस्था निकै प्रतिकुल हुँदा समेत कुर्सी छोड्न तयार देखिदैनन् । स्वास्थ्य अवस्थाका कारण देशले कुनै गति लिन नसकेपनि ओलीको कुर्सी मोह अनौठो छ ।
वास्तवमा, ओलीले जापानी प्रधानमन्त्रीबाट केही सिक्ने कि ?




