नेपालमा कोरोना संक्रमितको संख्या मंगलवार सम्म १९ हजार ६३ पुगेको छ भने निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ।

तथ्याङ्क अनुसार कुल संक्रमितमध्ये ७२.८ प्रतिशतले कोरोना जितेर घर फर्किएका छन् जुन हामी सबैको लागी खुशीको खवर हो । यसैबीच हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छन् भने १ सय २१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।