
नेपालमा कोरोना संक्रमणका कारण विगत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला छन्। योसँगै मृतकको कुल संख्या १४९ पुगेको छ ।
आइतबार दिउसोसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ भने १८ हजार ६ सय ३१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत हो।
यसैबीच, पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हालसम्म ६ लाख ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।




