कोरोना भाइरसको संक्रमणका कारण नेपाल सहित विश्वभरमा मृत्यु हुने नेपालीको संख्या १५८ पुगेको छ । विदेशका १३ देशमा १ सय ३० जना नेपाली र नेपालमा २८ जनाको कोरोना संक्रमणका कारणले ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार ७ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका २६ हजार २ सय २७ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । मध्यपूर्वका देशमा विगत गत दुई सातामा मात्र ८ हजार भन्दा बढी नेपालीमा संक्रमण थपिएको स्वास्थ्य समितिले जनाएको छ । हालसम्म कतारमा कोरोना संक्रमण भएका ९२ हजार मध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन् ।

संयोजक डा. सापकोटाका अनुसार यही साता पहिलो पटक साउथ अफ्रिकामा रहेका ५ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अफ्रिकी अन्य देश सहित सो क्षेत्रमा १० जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो ।

यो साता बंगलादेशमा रहेका १५ जना नेपालीमा कोरोना संक्रमण भएको स्वास्थ्य समितिले जनाएको छ यस्तै भारतमा १ सय ५० जना थप नेपालीमा संक्रमण भएको छ ।

नेपालको १२ हजार ३ सय ९ र विश्वका अरु देशमा ३७ देशमा ३८ हजार ५ सय ३६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपालमा भने हालसम्म २८ जनाको ज्यान गएको छ भने रहेको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएका छ । यस्तै डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया, मलेसिया, लगायतका १९ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।