कोरोना भाइरसको संक्रमण रोक्न आजकल मास्क लगाउनु अनिवार्य भएको छ । बजारमा सर्जिकल देखि एन ९५ र सामान्य मास्कहरु उपलब्ध छन् । यसैबीच, भारतमा सुनको सौखिन एक व्यक्तिले सुनकै मास्क बनाएर लगाएका छन् । सुनको मास्कले कोरोना रोक्न सहयोग गर्ने उनको दाबी छ ।
भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको मास्क बनाएका हुन् । भारतको पुनेका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका हुन् । सुनको मास्क लगाएर हिँड्ने उनलाई सहरमा उनलाई ‘गोल्डम्यान’ भन्न थालिएको छ। मास्कमा साढे पाँच तोला सुन लागेको छ। मास्कमा श्वास फेर्नका लागि स–साना प्वाल बनाइएको छ ।
सुनका सौखिन एवं दैनिक तीन तोला बरारको सुनका सामग्री चेन, अगौठी र ब्रासलेट लगाएर हिँड्ने शंकरले सुनारसँग सम्पर्क उनले सुनको पनि मास्क बनाए । उनको मास्क एक हप्ता लगाएर बनाइएको हो। शंकरले कसैलाई सुनको मास्क बनाउन परे आफूले सहयोग गर्ने पनि बताएका छन् ।
तर, उनले बनाएको सुनको मास्कले कोरोना भाइरसको संक्रमण रोक्न सक्छ कि सक्दैन् भन्नेमा प्रमाणित हुन बाँकी नै छ ।




