
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उदयपुरमा १, झापामा २, पाँचथरमा १, सुनसरीमा १, धनुषामा २, पर्सामा १, बारामा २, सर्लाहीमा १, काठमाडौँमा ६३, काभ्रेमा १, चितवनमा २, दोलखामा २, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ५, ललितपुरमा १४ र सिन्धुलीमा १ जनालाई कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीमा २०, तनहुँमा ३, पर्वतमा १, म्याग्दीमा ४, लमजुङमा २, बाग्लुङमा ३, स्याङ्जामा १, कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा १, पाल्पामा १, बर्दियामा ३, बाँकेमा १, रुपन्देहीमा ४, जाजरकोटमा १, कञ्चनपुरमा १, कैलालीमा १ र बैतडीमा २ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार शुक्रबार ३ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ९ सय ९८ पुगेको छ।
गत २४ घण्टामा ३ हजार २ सय २१ पीसीआर परीक्षण भएको छ। देशभर ३ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँग देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २५ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर १४७ जना कोरोना संक्रमितको आइसीयुमा र २७ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।




