अस्ट्रेलियामा अलपत्र परेका २ सय ५९ जना नेपाली नागरिक आज स्वदेश फर्कने भएका छन् । मंगलबार पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत त्यहाँबाट २ सय ५९ नेपाली काठमाडौं आइपुग्ने जनाइएको छ ।

सो जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। आफन्तहरु भेट्न अस्ट्रेलिया पुगेका र कोरोना भाइरसको महामारी र लकडाउनका कारण नेपाली नागरिकहरु चार महिनादेखि रोकिएका थिए। यसैबीच, सोही जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि रहेका छन्। न्यूजिल्याण्डबाट उनीहरू आज बिहान अस्ट्रेलिया विमानस्थल आइपुगेका थिए ।

अष्ट्रेलियाबाट नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन् र पहिलो चरणमा आज २ सय ५९ जनालाई काठमाडौं ल्याइने नेपाली दूतावासको भनाई छ ।