बाँकेमा ५१ जना र लमजुङमा २० जना गरि बुधबार मात्रै ७१ जना नेपाली सैनिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोहलपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।

फोकलपर्सन श्रेष्ठका अनुसार, कोहलपुरमा कोरोना देखिएका ५१ जना कौशिलानगर ब्यारेकका नेपाली सेना हुन्।

त्यसैगरि, लमजुङको नेपाली सेना कृषि तथा पशुपालन व्यावसायिक तालिम केन्द्रमा रहेका प्रशिक्षकसहित २० जनामा कोरोना भाइरसको संक्रमण९कोभिड–१९० पुष्टि भएको छ।

नेपाली सेनाका प्रवक्ता सन्तोष भल्भ पौडेलका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा यो तालिम केन्द्रमा रहेका सेनामा संक्रमण पुष्टि भएको हो।

उक्त तालिम केन्द्रमा नेपाली सेनाबाट अवकास हुन केही समय बाँकी रहेका व्यक्तिहरुले त्यहाँ तालिम लिइरहेका थिए।

उक्त तालिम केन्द्रले एजुकेशन सम्बन्धि भोकेसनल तालिम प्रदान गर्दै आएको छ।