
व्यास नगरपालिका–२ मा रहेको नमुना विद्यालय सत्यवती माविको ४७ औँ बार्षिकोत्सव एवं अभिभावक दिवस भव्यताको साथ शुक्रवार मनाइएको छ ।
उक्त बार्षिकोत्सवको गण्डकी प्रदेशका नबनिर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले उद्घाटन गरे। बार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद श्रेष्ठले सत्यवती मावि देशकै नमुना विद्यालयका रुपमा आफुलाई परिचित गर्न सक्नु खुशीको विषय भएको बताए । उनले आगामी दिनमा विद्यालयलाई पर्ने आवश्यक सहयोग गर्न समेत तत्पर रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, सिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख बसन्तराज पौडल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमाले तनहुँ उपाध्यक्ष हरिराज कँडेल, नेकपा माओवादी केन्द्रका कार्यालय सचिव बसन्त दरै, व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नविन पराजुली, व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, वडा सदस्य सुरेश वाग्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल लगायतले भनाई राखेका थिए ।

सत्यवती मावि व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एकबहादर गुरुङले विद्यालयका बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक लगायत विद्यालयमा योगदान पुर्याउनेलाई सम्मान गरिएको छ ।




