कोरोना संक्रमणको महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका वा घर फर्किन चाहेका ८ सय ५५ जना नेपाली घर फर्किएका छन् ।

शुक्रबार दिउसो एक सय ६८ जना नेपाली शुक्रबार एयर अरेबियाको उडान मार्फत युएईबाट काठमाण्डौ उत्रिएका छन् । यूएइको सारजहाबाट उनिहरुलाई ल्याइएको हो।

यसैगरि शुक्रबारनै नेपाल एयरलाइन्सले बहराइनबाट २ सय ७३ जना र मलेसियाबाट २ सय ५४ जना लिएर आएको छ ।

यसैगरि जजिरा एयरलाइन्सले कुवेतबाट एक सय ६० जनालाई काठमाण्डौ उतारेको छ ।