जेसिआई व्यास नगरद्धारा दमौलीमा आयोजित ‘व्यास नगर साइनिङ स्टार– २०२३’ को उपाधि दमौली स्थित सत्यवती माविकी छात्रा सदिक्षा राना मगरले प्राप्त गरेकी छन् ।

शुक्रबार राती सम्पन्न भएको प्रतियोगितामा सहभागि १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि प्राप्त गरेकी हुन् । उक्त प्रतियोगितामा १० बर्ष माथिका र १५ बर्ष मूनिका दुई बालक सहित बीस जना बालबालिका सहभागि भएका थिए । सामाजिक क्षेत्रमा क्रियाशिल बन्दै आएको जेसिआई व्यास नगरले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस किसिमको प्रतियोगिताको आयोजना गरेको हो ।

उपाधिसँगै रानाले नगद २५ हजार २३ नगद तथा प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा विजयी रानालाई व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र जेसिआई व्यास नगरका अध्यक्ष राजु रानाले सयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । त्यस्तै प्रतियोगितामा आभा श्रेष्ठ फस्ट रनर अप भएर नगद १५ हजार २३ र सदिक्षा थापा मगर सेकेण्ड रनर अप हुदै १० हजार २३ प्राप्त गरे ।

पुरस्कार वितरण कार्यक्रमका न्यौपानले जेसिजले प्रतियोगिताको आयोजना गरेर बालबालिकाको चौतर्फी विकासको लागि महत्वपूर्ण योगदान दिन सफल भएको बताए । उपाधि प्राप्त गरेकी रानालाई सत्यवती माविले बधाई ज्ञापन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक पुष्पकला भट्टराई तथा शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देले बधाई ज्ञापन गरे ।