
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ६ लाख ९७ हजार ७९० जनाको मृत्यु भएको छ भने एक करोड ८४ लाख ६५ हजार ९१७ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४८ लाख ६२ हजार २८५ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ५८ हजार ९३१ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २७ लाख ५१ हजार ६६५ जना संक्रमित भएकोमा ९४ हजार ७०२ जनाले ज्यान गुमाएका छन्।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १८ लाख ५८ हजार ६८९ जनामा संक्रमण भएकोमा ३९ हजार २ भन्दा धेरैको ज्यान गएको छ।
रसियामा ८ लाख ६१ हजार ४२३ जना संक्रमित भएका छन् भने १४ हजार ३५१ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ४४ हजार १३४ संक्रमित भएकोमा २८ हजार ४७२ जनाले ज्यान गुमाएका छन्।
बेलायतमा ३ लाख ५ हजार ६२३ संक्रमित भएकोमा ४६ हजार २१० जनाको मृत्यु भइसकेको छ।
पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ३३ हजार १०० छ भने १९ हजार ८११ जनाको मृत्यु भइसकेको छ।




