व्यास नगरपालिका वठा नं १ गल्बुवेशी निवासी शारीरिक असक्त भएका धनकुमार थापालाई नेपाल रेडक्रस सोसाईटी तनहुँले ह्वील चियर प्रदान गरेको छ ।

रेडक्रस तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतम, व्यास १का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, रेडक्रसका मन्त्री सूर्यचन्द्र हड्खले लगागतले संयुक्त रुपमा ह्वील चियर शनिबार प्रदान गरेका हुन् ।

त्यस अवसरमा बोल्दै रेडक्रस तनहुँका सभापति गौतमले जहाँ दुःख त्यहाँ रेडक्रस भएकाले प्यारालाईसिस भएर हिड्डुल गर्न नसक्ने भएका धनकुमार थापालाई सानो सहयोगले उनको जिवनमा राहत मिल्ने बताए ।
व्यास १ का वडाअध्यक्ष रमेशचन्द्र हड्खलेले समाज सेवामा रेडक्रसले गरेको योगदानको चर्चा गरे ।

कार्यक्रममा रेडक्रसका उप कोषाध्यक्ष हरि सिग्देल, कोषाध्य प्रतापसिङ अधिकारी, सदस्य केसु गुरुङ, अकला टोलका अध्यक्ष ले. देव बहादुर गुरुङ, समाज सेवी विष्णु बहादुर अधिकारी लगायतको त्यस अवसरमा उपस्थिति रहेको थियो ।

आफुले ह्वील चियर पाएपछि धनकुमार थापा हर्षित भएका छन् । हिडडुल गर्न नसक्ने थापा अव ह्वील चियरको सहयोगमा यता उता जान सक्ने भएका छन् ।