
विश्व रेडक्रस दिवसको उपलक्ष्यमा दमौलीमा वतृत्वकला प्रतियोगिता गरिएको छ ।
वतृत्वकला प्रतियोगितामा निर्मल मावि कक्षा ९ मा पढ्ने छात्रा अंकिता ढकाल प्रथम भएकी छन् । प्रतियोगितामा पराशर मावि दमौलीका प्रिन्सेस तामाङ द्धितीय, सत्यवती मावि दमौलीकी दिक्षा भण्डारी तृतीय भएको रेडक्रस तनहुँका वरिष्ठ अधिकृत शिवकाजी पियाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाद्धारा आयोजीत वतृत्वकला प्रतियोगिताको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले गरेका थिए । वतृत्वकला प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले रेडक्रस तनहुँले नमुना काम गर्दै आईरहेको र भविश्यमा पनि सबैले प्रशंसा गर्ने खालका कामहरु गर्नु पर्ने बताएका थिए । न्यौपानेले आजको बालबालिका भोलीको देशको कर्णधार भएकोले देशको उज्वल बाटो कोर्ने रेडक्रस जस्तो पवित्र सस्थामा आबद्ध भएर सानै देखि सेवाको भावानाले ओतपोतहुने कार्यगर्नुपर्ने बताए ।
प्रतियोगितामा १४ जनाको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र शान्त्वना हुनेलाई व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, नेपाल रेडक्रस सोसाईटी तनहुँका उपसभापति नारायणी अधिकारी, मन्त्री सूर्यचन्द्र हड्खले, कोषाध्यक्ष प्रतापसिंह अधिकारी, गण्डकी प्रदेशका सदस्य कृष्णचन्द्र पाण्डे लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।




