
महिला उद्यमी संघ नेपाल तनहुँको दोस्रो साधारण दमौलीमा सम्पन्न भएको छ ।
निर्मला मल्लको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घघाटन महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष निरू रायमाझी खत्रीले गरेकी थिइन । खत्रीले राष्ट्रिय विकास प्रक्रियामा महिलाहरुको ठुलो योगदान रहेको चर्चा गर्दै आर्थिक सशक्तिकरणमा महिलाहरु लाग्नुपर्ने बताइन् । खत्रीले महिलाहरूको आर्थिक शसक्तिकरणको लागि समावेशी अवधारणा अनुरूप महिला उद्यमी महासंघ नेपाल जिल्ला उद्यमीहरूसँग समन्वय गरेर काम गर्न तयार रहेको बताइन् ।
तनहुँ जिल्लामा केन्द्रित उद्यमी व्यवसायि महिलाहरूलाई संगठनात्मक गराइ विकास प्रर्वधनलाई अगाडि बढाउन तनहुँ शाखाले गरेको प्रयास सह्रानीय रहेको उनको भनाई थियो । महिलाको दुःख महिलाले बुझ्ने, महिलाको चुनौति महिलाले बुझ्ने हुँदा महिलाहरू एकजुट हुनुपर्ने र समस्यालाई सामुहिक रूपमा समाधान गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा नेपाल उधोग बाणिज्य संघका पुर्व अध्यक्ष मानकाजी श्रेष्ठले नेतृत्व वर्गले आयमुलक र सीपमूलक व्यवसायमा सक्रियता पुर्वक आवद्ध भएर तनहुँ जिल्लालाई नमुना जिल्ला बनाउनुपर्ने बताए ।
त्यसैगरी उधोग बाणिज्य सघका पुर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठले देशको चौतर्फी विकासकालागि महिलाहरुलाई राज्यका विभिन्न तह र तप्काहरुमा महत्वपूर्ण भुमिका दिनुपर्ने बताए । महिला उधमी महासघको दोस्रो साधारण सभा कार्यक्रमको सहजीकरण महिला उधमी सघ नेपाल तनहुँ शाखाकी महासचिव सरस्वती श्रेष्ठले गरेकी थिईन् । कार्यक्रममा जिल्ला भरका १ सय बढी महिला उत्साही उधमी ब्यवसायीहरुको सहभागिता रहेको थियोे । त्यस अवसरमा महिला उद्यमी संघ तनहुँले महिला उद्यमी कोसेलीको पहिलो अंक बिमोचन गरेको थियो ।
साथै उक्त कार्यक्रमका वक्ताहरुले तनहुँ शाखाले महिलाहरूलाई नेतृत्व क्षमता अभिवृद्धि, उद्धमशिलता सीपमूलक तालिम प्रदान गरि महिलाहरूको सामाजिक आर्थिक शसक्तिकरणद्वारा उद्यमशिलताप्रति अभिप्रेरित गर्न ससक्त पार्न र एक उद्यमीको आवाजलाई समुहमा पुर्याइ जिल्ला भरका महिला उद्यमशिलताको प्रर्वधन गर्ने तर्फ काम गरेको बताएका थिए ।




