आज परेको चट्याङ लागेर भारतको बिहारमा ८३ जना र नेपालमा ६ जनाको मृत्यु भएको छ ।

बिहार राज्यमा चट्याङ लागेर ८३ जना ले ज्यान गुमाएका छन्, ज्यान गुमाउनेमा बालबालिका देखि खेतबारीमा काम गर्दै गरेका कृषकहरु रहेका छन् ।

भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर ८३ जनाको ज्यान गएको विविसी समाचार संस्थाले जनाएको छ । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नौ जनाको ज्यान गएको छ ।

बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्षति भएकोले पुरै राज्य शोकमग्न भएको छ । सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।

यसैबीच, नेपालमा पनि आज परेको चट्याङबाट सप्तरीमा ४ जना र मकवानपुरमा २ जनाको मृत्यु भएको जनाइएको छ ।