साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ।

शुक्रबार तोलामा १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ‍।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।