
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित बलिउड महानायक अभिताभ बच्चन र उनको परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गरेर उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन्। बच्चन परिवारका चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अभिताभ र अभिषेक बच्चनका साथै ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना देखिएको छ।

दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो। जया बच्चनको भने दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ नै देखिएको छ। यो सँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ।

शनिबार राती अभिनेता अमिताभ र अभिषेकले आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका थिए। उनीहरुलाई मुम्बाईको नानावती अस्पतालमा भर्ना गरिएको छ र अन्यलाई पनि अस्पताल भर्ना गरिसकिएको बताइएको छ ।




