प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार फेवाताल किनारमा आयोजित कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम आयोजना गरेका हुन् ।

प्रधानमन्त्री दाहालले पोखरा पर्यटन राजधानी लिखित शिलालेख स्तम्भ अनावरण गर्नुका साथै पाेखरा पर्यटन राजधानी घोषणा गरेका थिए । प्रधानमन्त्री दाहालले भने, ‘प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको अदिप्तीय संगम पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दछु।’

उक्त कार्यक्रममै अवसरमा प्राकृत पोखरा खण्डकाव्य लेखक तथा मदन पुरस्कार विजेता साहित्यकार मुकुन्दशरण उपाध्यायलाई प्रधानमन्त्री दाहालले सम्मान पनि गरे ।