
नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९ सय ७२ पुगेको छ भने १६ हजार ३ सय ५३ जना संक्रमितहरु निको भएर घर फर्केका छन् ।
यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।
६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन्।




