
पाकिस्तानी सेनाको गोली लागेर भारतीय सेनामा कार्यरत एक जना गोर्खा सैनिकको मृत्यु भएको छ ।
जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहान भएको गोलाबारीमा हबलदार सम्बर गुरुङको मृत्यु भएको भारत सरकारले जनाएको छ । घाइते अवस्थामा भेटिएका उनलाई तत्कालै अस्पताल लगिए पनि बचाउन नसकिको भारतीय सेनाले जनाएको छ ।
मृत्यु भएका गोर्खाली सैनिकको घर गोरखा जिल्लाको आरुघाट भएको पुष्टि भएको छ ।
उनी भारतीय सेनाको आठौँ गोर्खा राइफल्सको पाँचौँ बटालियनमा कार्यरत थिए। पाकिस्तानी सेनाले रजौरी जिल्लाको नोउसेरास्थित सीमारेखामा युद्धविराम उल्लंघन गर्दै गोली प्रहार गरेपछि घाइते भएका गुरुङको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।




