
खेलाडी एवं युवा राजनीतिज्ञ बसन्त आलेको अध्यक्षतामा बक्सिङ संघ तनहुँको जिल्ला कार्य समिति गठन गरिएको छ ।
संघको उपाध्यक्षमा अभियान श्रेष्ठ, सचिवमा रामबहादुर बलकोटी, कोषाध्यक्षमा रामचन्द्र पौडेल र सदस्यहरुमा राजुराम श्रेष्ठ, टार्जन बगाले, राजु थापा र निर्मला भुजेल चयन भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरि पण्डितले जानकारी दिएका छन् ।
नव गठित समितिले जिल्लामा बक्सिङ खेलको विकास र प्रबर्धनमा काम गर्ने प्रतिबद्धता जनाउदै कोरोना संक्रमणको महामारी पश्चात जिल्लास्तरीय बक्सिङ प्रतियोगिता सञ्चालन गर्ने बताएको छ ।




