“मेरो गणना, मेरो सहभागिता” भन्ने मूल नाराका साथ बाह्रौं राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरण सञ्चालन भएको छ । जसअन्तर्गत पहिलो चरणमा भदौ ३० देखि असोज १८ सम्म सुपरिवेक्षकद्वारा घर तथा घरपरिवार सूचीकरण फाराम मार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घर, परिवारमा अक्सर बसोवास गरेका परिवारका सदस्य संख्या र परिवारको कृषि सम्बन्धी विवरणहरू संकलन कार्य अहिले जारी छ ।
यसपछि दोस्रो चरणमा कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गणकहरूद्वारा प्रत्येक घरपरिवारमा पुगी मूख्य प्रश्नावली फाराम मार्फत घरपरिवार तथा व्यक्तिको घरपरिवार तथा व्यक्तिको लिङ्ग, उमेर, जाति, भाषा, धर्म, वैवाहिक स्थिति, बसाईसराई, शिक्षा, आर्थिक क्रियाकलाप लगायतका विवरणहरू संकलन गरिन्छ ।
राष्ट्रिय जनगणना, २०७८ का सन्दर्भमा एक सुपरिवेक्षकको अनुभव कस्तो छ ? तनहुँका ग्रामीण क्षेत्रमा जनगणनाको यथार्थ चित्र कस्तो छ र नागरिकका पीडा र दुःख कस्ता छन? (हेर्नुहोस यो अन्तर्वार्ता)