
नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य शिव खत्री र उनका दाजु अमृत खत्रीलाईलाई मातृशोक परेको छ ।
खत्रीकी आमा गिरुमाया खत्रीको बिहिबार बिहान ७७ बर्षको उमेरमा निधन भएको थियो । स्व.खत्रीको बिहिबार नै विमलनगर स्थित मरस्याङदी नदीको किनारामा दाहसंस्कार गरिएको छ । स्व. खत्री प्रति नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, जिल्ला सदस्यद्धय डम्बरबहादुर अधिकारी र दुर्ग राना, महाधिवेशन प्रतिनिधी रेशम गुरुङ, काँग्रेस नेता ध्रुव प्रधान लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
यसैबीच स्व. खत्रीको निधन प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । खत्रीको निधनप्रति नेपाली कांग्रेस वन्दिपुर गाउँ कार्य समितिले समेत गहिरो दुःख व्यक्त गरेको छ ।
यसैगरी भानु नगरपालिका वडा नं १२ रतनपुर निवासी पार्वती सापकोटा र पवित्रा पण्डितको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
सापकोटा र पण्डितको १३ औं दिनको सन्दर्भमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, उपसभापति देवकुमार श्रेष्ठ, सचिवद्धय सहदेव अधिकारी, लक्ष्मीभक्त आचार्य र क्षेत्रीय सभापति श्यामकुमार मौरतीले सापकोटा र पण्डित अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।




