
कोरोना संक्रमणबाट पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षीया एक युवतीको मृत्यु भएको पुष्टि भएको छ ।
पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।
हालसम्म कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।




