काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने तयारी भएको छ।

मंगलबार साँझ काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन प्रमुख र सुरक्षा प्रमुखबीच भएको बैठकमा एक साता लम्ब्याउने विषयमा छलफल भएको एक सहभागीले जानकारी दिए।

त्यसबारे अन्तिम निर्णय लिन तीनवटै जिल्लाका प्रशासन प्रमुख गृह मन्त्रालयमा पुगेका छन्। गृहमन्त्रालयको छलफल सकिएपछि निषेधाज्ञाको निर्णयबारे तीनवटै प्रशासन कार्यालयले जानकारी दिने जनाइएको छ।

भदौ ३ गते मध्यरातबाट काठमाडौं उपत्यकामा लागु भएको निषेधाज्ञा बुधबार राति सकिँदै छ। कोरोना संक्रमणको अवस्था उस्तै रहेको भन्दै निषेधाज्ञा लम्ब्याउने विषयमा सबै पक्ष सहमत भएको बुझिएको छ।

मंगलबार काठमाडौं उपत्यकाका मेयर र जिल्ला कोभिड संकट व्यवस्थापनका अधिकारीबीच भएको बैठकमा पनि निषेधाज्ञा लम्ब्याउन सुझाव दिइएको थियो।