
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक हप्तामा प्रकाशन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार एक साताभित्र नतिजा सार्वजनिक गर्ने गरि तयारी भइरहेको छ।
कोरोना भाइरसको महामारी र लगातारको लकडाउनका कारण यसपटक एसईईको मुल्यांकन गर्ने जिम्मा सम्बन्धित विधालयलाई नै दिइएको छ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले देशभरबाट सम्पुर्ण विवरण आइसकेको बताए।
उनका अनुसार प्राप्त भएको हार्डकपी र सफ्ट कपी रुजुको काम भइरहेको छ।




