
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताएका छन्।
बन्दीपुरको नाहालामा कार्यकर्ता भेटका क्रममा नेता भण्डारीले सो कुरा बताउँददै विगतको निर्वाचनमा कांग्रेसले बहुमत नल्याउँदा सिंगो मुलुकले दुख पाएको र अबको निर्वाचनमा कांग्रेसलाई कुनै पनि हालतमा जिताउनु पर्ने बताए ।
शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, शिक्षा र संचारको सुविधा विस्तारका लागि आफुले विशेष भूमिका निर्वाह गर्ने बताउँदै भण्डारीले जिल्लाको विकासको लागि सबै नेताहरु एकजुट हुनुुपर्ने बताए ।
पार्टीको १४ औं महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सहज रुपमा लिनुपर्ने बताउँदै भण्डारीले जीत वा हारको प्रतिशोध नराख्न आग्रह गरे ।
वडा नं १ वडा सभापति देवेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, जिल्ला सदस्यद्धय शिव खत्री, इनकन खनाल र गिरिराज अधिकारीले आफ्ना धारणा राखेका थिए । सो अवसरमा नेपाली कांग्रेसमा प्रवेश गरेका १४ जना कार्यकर्तालाई भण्डारीले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।




