तनहुँको व्यास नगरपालिका–३ बिपी वनबाटिकामा निर्माण गरिएको जिल्ला सभागृहको नाम परिवर्तन गर्ने जिल्ला सभाको निर्णय सच्चाउन माग गर्दै जिससका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ ।

बिसं २०७८ चैत्र ९ गतेको जिल्ला सभाको निर्णय नं ४ मा जिल्ला सभागृह तनहुँ नाउँ परिवर्तन गरी बिपी सदन सभागृह दमौली तनहुँ गर्ने गरी गरेको निर्णयप्रति १२ दलले असहमति जनाएका छन् ।

साविक जिल्ला सभागृह वा सम्झौता अनुरुप दमौली सभाहल नामाकरण गर्नुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष हरिराज कँडेल,नेकपा माओवादी जिल्ला सदस्य रामचन्द्र सापकोटा,नेकपा मशाल गण्डकी प्रदेश प्रतिनिधी पुष्पलाल श्रेष्ठ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ४ नं प्रदेश सदस्य नेत्र रानाभाट लगायतका नेताहरुको सहभागिता रहेको थियो ।