
व्यास नगरपालिकाको वडा नं १३ को वडा भवन कार्यालय शिलान्यास गरिएको छ ।
वडा भवनको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिलान्यास गरेका हुन् । वडा भवनको शिलान्यास समारोहमा बोल्दै प्रमुख अतिथी नगरप्रमुख न्यौपानेले वडा भवन कार्यालय निर्माण भएसगै वडाबासीहरुलाई सेवा प्रवाहमा सहज हुने बताएका थिए ।
साथै नगरप्रमुख न्यौपानेले व्यास नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने अभियानमा सबै नगरबासीले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा समेत जोड दिएका थिए । वडा भवन शिलान्यास समारोहमा वडा अध्यक्ष बसन्त आले समेत बोलेका थिए ।




