तनहुँ क्षेत्र नं २ अन्तर्गत व्यास नगरपालिका वडा नं ५ र ६ मा गठबन्धनका उम्मेदवार शंकर भण्डारी र राजेन्द्रकेशरी न्यौपानेको चुनावी प्रचार अभियान गरेका छन् ।

चुनावी अभियान कार्यक्रममा बोल्दै उम्मेदवार भण्डारीले पाटन क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका थिए । पाटनलाई जोड्ने पक्की पुल निर्माणमा विशेष ध्यान दिने भण्डारीले आश्वासन दिए । त्यस्तै मगर गुठ समुदायको हल निर्माण र तनहुँ जलविद्युत आयोजनाबाट प्रभावितहरुलाई रोजगार प्रदान गर्ने विषयमा ध्यान दिने भण्डारीको बताए। उनले घरदैलोमा पुगेर मत पनि मागेका थिए।

त्यस्तै उम्मेदवार भण्डारी र प्रदेश उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने व्यास ६ को बाह्रविसेमा आयोजित कार्यक्रममा समेत सहभागी भएका थिए । बाह्रविसेमा आयोजित कार्यक्रममा बोल्दै के.स.भण्डारी र प्रदेश उम्मेदवार न्यौपानेले त्यस क्षेत्रको सडक ,खानेपानी र सिचाईको विषयमा विशेष ध्यान दिने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्ले, माओवादी केन्द्रका केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला लगायतले समेत बोलेका थिए । त्यस्तै चुनावी प्रचार अभियान अन्र्तगत सिसाघाटमा समेत कार्यक्रम गरिएको थियो । सिसाघाट निकै सम्भावना बोकेको क्षेत्र भएको हुँदा सडक,खानेपानी र सिचाईको विषयलाई जोड दिने भण्डारीको बताए । कार्यक्रममा प्रदेश सभा उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने, माओवादीका नेता दिनबहादुर दुरा र काँग्रेसका सञ्जीव पटेनी र सूर्यभक्त भण्डारी लगायतले बोलेका थिए ।

यसैबीच, उम्मेदवार भण्डारीले खेतबारीमै पुगेर सो क्षेत्रका मतदाताहरुसंग मत मागिरहेका छन् ।