Post for planet विश्व नारासहित तनहुँमा १४८ औं विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय तनहुँमा आयोजित सो कार्यक्रममा वार्षिक कर्मचारी तथा सेवाग्राही सम्मान, कार्यालय परिसर सरसफाई लगायतका विविध कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा जिल्ला, ईलाका तथा अतिरिक्त हुलाकका कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा ३ वटै स्तरका हुलाकबाट १/१ जना कमशःजिल्ला हुलाकका हल्कारा राजेशबहादुर कुमाल, टुहुुरेपसल ईलाका हुलाकका हल्कारा लक्ष्मण अधिकारी तथा पोखरीभञ्ज्याङ्ग अतिरिक्त हुलाकका प्रतिनिधि पार्वती थापा जोशीलाई जनही नगद १/१ हजार,सम्मानपत्र र खादाका साथ सम्मान गरिएको थियो ।

वार्षिक रुपमा जिल्लास्थित सवै स्तरका हुलाककर्मीहरूको सहभागितामा दिवस मनाउँदा मनोवल वृद्धि भै सेवाप्रवाह सुधार र कार्यसम्पादनमा प्रभावकारिता आउने अपेक्षाकासाथ विश्व हुलाक दिवसको सेरोफेरोमा कार्यक्रम आयोजना गरिएको कार्यलयले जनाएको छ ।

कार्यक्रम जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन नायब सुब्बा तथा सूचना अधिकारी सचिन पौडेलले गरेका थिए ।