
नेपाली काँग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै व्यास नगरपालिकाको वडा नं १ भादगाउँमा चुनावी प्रचार—प्रसार अभियान कार्यक्रम गरेको छ ।
चुनावी प्रचार—प्रसार अभियानलाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नं १ का उम्मेदवार एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुुलुकलाई अधिनायकबाट जोगाउनका लागि गठबन्धनले जित्नु अपरिहार्य रहेको बताएका थिए । मुलुकमा गठबन्धन कायम नभएको भए मुलुक अधिनायकवादीको कब्जामा पर्ने समेत पौडेलको भनाई थियो । गठबन्धनको सरकार गठन भएपछि तनहुँमा थुप्रै विकास निर्माणका काम भएका करोडौंको बजेट आएको समेत पौडेलको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले गठबन्धन मुलुकको अपरिहार्यता भएको हुँदा कुनै पनि हालतमा सफल बनाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई मुलुक हाँक्नु पर्ने अवसर आउने हुँदा पौडेललाई अध्याधिक मतले विजयी गराएर पढाउनु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै तनहुँ क्षेत्र नं १ (२)का उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनलाई मजबुत बनाएर लैजानु पर्नेमा जोड दिएका थिए । गठबन्धनले जितेको खण्डमा मुलुक र मुलुकबासीले राहत पाउने चुमनको भनाई थियो ।
वडा सभापति दिलबहादुर दरैको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे वि.क., क्षेत्रीय सभापति एवं समानुपातिक उम्मेदवार श्याम मौरती, नेपाली कांग्रेस नगर सभापति सूर्यचन्द्र हडखले, वडा अध्यक्ष रमेशचन्द्र हड्खले, माओवादीका बादल आलेले बोलेका थिए ।




