नेपाली काँग्रेस व्यास नगरपालिका वडा नं १ कार्य समितिद्धारा दशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

भादगाउँ स्थित दरै भवनमा आयोजित कार्यक्रममा नगर प्रमुख एवं काँग्रेसका पूर्व जिल्ला सभापति बैकुण्ठ न्यौपानेले आसन्न निर्वाचनका समयमा पार्टीका नेता र कार्यकर्ताकाबीच हार्दिकता र सहयोग हुनुपर्ने बताएका थिए ।

वडा सभापति दिल बहादुर दरैको सभापतित्वमा आयोजित कार्यक्रममा नगर उपप्रमुख इन्दिरा दरै, पार्टीका जिल्ला सदस्य डम्बर बहादुर अधिकारी, नगर सभापति सूर्यचन्द्र हड्खले, वडा अध्यक्ष रमेशचन्द्र हड्खले, महाधिवेशन प्रतिनिधी खरसिंह दरै लगायतका वक्ताहरुले नजिकिँदै गरेको दशै लगायत अन्य चाडवाडको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका विभिन्न तह र तप्कामा रहेका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । आसन्न निर्वाचनमा पार्टीले टिकट वितरण र समानुपातिकको बन्द सूची तयार गर्ने क्रममा भेदभाव गरेको भन्दै कतिपय सहभागीले गुनासो व्यक्त गरेका थिए ।

इमान्दार र योग्य व्यक्तिलाई टिकट दिइनुपर्ने आवाज चौतर्फी रुपमा उठिरहेको सन्दर्भमा तनहँुमा पनि टिकटको बारेमा विभिन्न चर्चा परिचर्चा हुँदै आएको छ । टिकटका कारण तनहुँ काँग्रेसमा चुनावका समयमा गभ्भिर मतभेद देखिदैं आएको छ ।