लायन्स क्लब अफ तनहुँ र लियो क्लब अफ तनहुँको आयोजनामा सञ्चालित शिविरमा ३९६ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ ।

ऋषिङ गाउँपालिका वडा नं–१ स्थित शुक्ला माध्यमिक विद्यालयमा अध्ययनरत ३९६ विद्यार्थीको आँखा परीक्षण गरिएको लायन्स क्लव अफ तनहुँका अध्यक्ष राजु दाहालले जानकारी दिए । जसमध्ये १४ जना विद्यार्थीहरुको आँखाको दृष्टिमा समस्या देखिएकोले थप उपचारका लागि हिमालय आँखा अस्पताल पोखरामा निःशुल्क उपचार ब्यवस्था हुनेगरी रिफर गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एलका टिम लिडर चूडामणि दाहाल, जोन चियरपर्सन कृष्णहरि गैह्रे, क्लबका पूर्व अध्यक्ष ध्रुबराज पण्डित, शुक्ला माबि का प्र.अ. केशर बहादुर थापा, लिओ डिस्ट्रीक ट्रेजरर सुनिल मिश्र, लिओ क्लबका अध्यक्ष महमद गफर, दित्तिय उपाध्यक्ष सागर घिमिरे, प्राविधिक तस्विरन निशा, मिना खनाल लगायतको सहभागिता रहेको थियो ।