
अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा तनहुँको सदरमुकाम दमौलीमा बुधबार प्रर्दशन भएको छ ।
आठवटा राजनीतिक दलले देशैभर गरेको प्रर्दशन अनुरुप दमौलीमा पनि प्रर्दशन भएको हो । दमौलीमा भएको प्रर्दशनमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरु सहभागी रहेका थिए । प्रदर्शनका क्रममा उनीहरुले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न खवरदारी गरेका थिए । प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले दमौली बजारको परिक्रम पश्चात अनसन चौतारीमा कोणसभामा गरेका थिए। उनीहरुले राष्ट्रियता र स्वाधिनताको रक्षाको लागि एमसीसी खारेजी गर्नुपर्नेमा जोड दिएका थिए ।

विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिका अध्यक्ष पुष्पलाल श्रेष्ठ, नेकपा तनहुँका इन्चार्ज नेत्र थापा,नेकपा क्रान्तिकारीका जिल्ला सचिव नबिन, देशभक्त गणतान्त्रिक मोर्चाका बेनी बहादुर थापा, नेकपा मसालका प्रवक्ता भरत केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य धन बहादुर परियार लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए।




