
नेपाली कांग्रेसका जिल्ला सदस्य एवं यूवा नेता डम्बर अधिकारीले विवादस्पद वतास समुहको व्यास हिल्स प्रा.लि.लाई मानहुँ डाँडा भाडामा दिने व्यास नगर कार्यपालिकाको निर्णय त्रुटीपूर्ण भएको बताएका छन् ।
सम्झौता प्रक्रिया अगाडि बढाउनु अगाडि जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, नगरबासी र सरोकारवालासंग पर्याप्त छलफल जरुरी रहेको भएपनि सो नहुँदा त्रुटीपूर्ण भएको जिल्ला सदस्य अधिकारीको भनाई छ । नगर कार्यपालिकाको बैठकले बिहिबार मानहुँ डाँडा ५० बर्षका लागि वतास समूहलाई भाडामा दिने सम्झौता प्रक्रिया अगाडि बढाए लगत्तै जिल्ला सदस्य अधिकारीले सो प्रतिक्रिया दिएका हुन् ।
जिल्ला सदस्य अधिकारीले वतास समूहलाई मानहुँ डाँडा भाडामा दिने सम्झौता प्रक्रिया अगाडि बढाउने विषयमा पुनःविचार हुनुपर्नेमा जोड दिएका छन् । यस विषयमा जिल्ला स्थित विभिन्न राजनीतिक दल, नागरिक समाज, नगरबासी र सरोकारवालाहरुले बेलैमा ध्यान पुर्याउनु पर्ने अधिकारीको ठहर छ ।
आर्थिक उपार्जन गर्ने निहुँमा ऐतिहासिक र पर्यटकीय स्थललाई नै भाडामा लगाइनु कदापी उचित होइन्, अधिकारीले भने।




