
व्यास नगरपालिकाले दमौलीमा कृषि पशुपंक्षी उपज प्रदर्शनी मेला आयोजना गर्ने तयारी गरेको छ ।
कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, घरेलु तथा साना उद्योग विकास कार्यालय, नेपाल बीउ व्यवसायी सङ्घ जिल्ला समितिसँग सहकार्य गरी आगामी पुस ३० गतेदेखि माघ २ गतेसम्म मेला गर्ने तयारी भएको हो । मेलामा उत्कृष्ट कृषकलाई पुरस्कृत समेत गरिनेछ ।
त्यसक्रममा जिल्लाका विभिन्न ठाउँका कृषकले उत्पादन गरेका कृषि उपज सामग्री विक्री तथा प्रदर्शनीमा राखिनेछ । यसले कृषकले गरेका उत्पादन बजारीकरणमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
नगरपालिकाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार एवं पर्यटन प्रबद्र्धनका निम्ति विभिन्न देशको प्रतिनिधित्व एवं पहिचान खुल्ने गरी प्रतिकात्मक संरचना निर्माण गर्न व्यास नगरपालिका–१० मा रहेको शिशुवा भतेरीमा करिब एक हजार रोपनी जग्गामा डिप्लोम्याटिक गार्डेन निर्माण गर्ने भएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गरिनेछ ।




