आदिकवि भानुभक्त क्याम्पसमा गठित नेपाली सिर्जनशील मञ्चको अध्यक्षमा सन्दिप सुनार चयन भएका छन् । सुनारको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

मञ्चको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनको उद्घाटन गर्दै क्याम्पस सन्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठले मञ्चले गर्दै आएको सृजनशील कामहरुको प्रशंसा गर्दे थप सिर्जनात्मक कार्यहरु गर्न सुझाव दिए ।

मञ्चको नयाँ कार्यसमितिमा उपाध्यक्ष सन्जिता खनाल, सचिव देवन आले, सहसचिव पुनम सुनार, कोषाध्यक्ष युबराज आले चयन भएका छ्न भने सदस्यहरुमा सुस्मिता आछामी, धर्मराज थापा, सुस्मिता थापा, सुस्मिता कुवँर, सरिता सार्कि, उषा आले, नवरत्न बि. क. चयन भएको निर्वाचन समितिका संयोजक एवं क्याम्पसको नेपाली विभागका प्रमुख विजयराज खनालले जानकारी दिए ।

कार्यक्रमका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले मञ्चले सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुको बारेमा चर्चा गरेका थिए।

सो कार्यक्रम मञ्चका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो।