
तनहुँको सदरमुकाम दमौलीमा राजावादीहरुले वृहत मोटरसाइकल र्याली सहित शक्ति प्रदर्शन गरेका छन् ।
यस अघि देशका प्रमुख शहरहरु पोखरा, बुटवल, चितवन र नेपालगञ्जमा प्रदर्शन गरेका राजावादीहरुले शुक्रबार दिउसो दमौलीमा प्रर्दशन गरेका हुन् ।
राष्ट्रवादी अभियान तनहुँको आयोजनामा भएको सो र्यालीमा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेर राजसंस्था पुनस्र्थापना गरौं, राजा आउ देश बचाउ, हाम्रो राजा प्राणभन्दा प्यारो छ लगायतका नाराहरु लगाएका थिए । र्यालीमा अधिकांश युवाहरुको सहभागिता रहेको थियो ।
र्यालीले दमौली बजारका साथै भादगाउँ र हाइस्कुलटारको पनि परिक्रमा गरेको थियो ।




